• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

सत्ता गठबन्धन संकटतर्फ : कांग्रेस ले हैसियतभन्दा बढी सिट खोज्यो – माधव नेपाल


विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् । शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघ को जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहे का छौ, तर कांग्रेसमा अहंकार

देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि !’समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकटतर्फ धकेलिएको दाबी गरेका छन् । सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न नसकेरै गठबन्धन बनाएर चुनावमा गएको, तर सिट भागबण्डामा सहजै कुरा नमिल्दा संकटतर्फ धकेलिएको बताए ।

शनिबार बुटवलमा आयोजित प्रशिक्षणमा नेता पौडेलले एमालेसँग एक्लै लड्ने आँट नभएर पाँच–छ दलको गठबन्धन बनेको बताए । तर सिट बाँडफाँटको टुंगो र उम्मेदवार चयनपछि गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र भाँडभैलो मच्चिने उनको दाबी छ ।

‘प्रचण्ड–माधवहरुले कांग्रेससँग जनाधार र हैसियतभन्दा धेरै सिट मागेपछि अहिले गठबन्धन संकटमा परेको छ,’ एमाले उपाध्यक्ष पौडेलले भने, ‘कांग्रेसको शेखर कोइराला पक्षले कांग्रेसले १०० सिटभन्दा थोरैमा सहमति गर्न सकिन्न भनेको छ, वाध्यताले बाहिर गठबन्धन सग्लो जस्तो देखिएपनि भित्रभित्र समस्यै समस्या र अविश्वास मात्रै छ ।’

स्थानीय तह निर्वाचनमा एमाले एक्लै लडेर उत्साहजनक जित निकालेको भन्दै एमालेले फेरि वहुमत ल्याएर सरकारमा पुग्ने तर्क गरे । नागरिकता विधयेकबारे भ्रम उत्पन्न गरिएको भन्दै उनले भ्रम चिर्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार