• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र १९ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र १९ गते, आइतवार , ४ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष अष्टमी तिथि, ७ः३६ बजेदेखि नवमी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक। १९ः५३ बजेदेखि मूल नक्षत्र,
धनु राशि। भाद्रपद शुक्लपक्ष (ञलाथ्व) अष्टमी तिथि, बिहान ०७:४० बजेसम्म, त्यसपछि नवमी तिथि, भोलि बिहान ०५:२२ बजेसम्म, अन्तिममा दशमी तिथि (तिथि टुटेको दिन), ज्येष्ठा

नक्षत्र, बेलुका ०७:५४ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बेलुका ०७:५४ बजेसम्म, त्यसपछि धनु राशिमा, विष्कुम्भ योग, दिउँसो ०१:४५ बजेसम्म, त्यसपछि प्रीति योग. सुरुमा बब करण बिहान ०७:४० बजेसम्म, त्यसपछि बालब करण साँझ ०६:३१ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : काण, चन्द्रवणर् : रातो (बेलुका ०७:५४ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (बेलुका ०७:५४ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : ईशान (बिहान ०७:४० बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०२:०५ बजेसम्म, नक्षत्र शूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : श्री राधा जयन्ती, राधाष्टमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, काय अष्टमी, कागेश्वर मेला, अदुःख नवमी व्रत (पति/पत्नीको बिछोड नहोस् भन्ने उद्देश्यले लिइने व्रत), ललितपुरमा दश महाविद्या पूजा, अविधवा नवमी, आजको मुहूर्त : कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २० गते : मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस, मुहूर्त : कलशचक्र, मुठी लिने, २१ गते : श्री हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र (द्रष्टव्य : दिउँसो ०१:४६ बजेपछि भद्रा रहने छ), २२ गते : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान (मतछोयके), निजामती सेवा दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, मुठी लिने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला, वैदेशिक काम भने ठीक छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम, व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर भने मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ । तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । केही नयाँ कुरा खरीद गर्न पनि सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । केही नयाँ कुरा खरिदमा भने खर्च बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार