• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २२ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २२ गते, बुधवार, ७ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष द्वादशी तिथि। उत्तराषाढा नक्षत्र, १४ः५८ बजेदेखि श्रवण। चन्द्रराशि–मकर।भाद्रपद शुक्लपक्ष (ञलाथ्व)
द्वादशी तिथि, बेलुका १०:०६ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराषाढा नक्षत्र, दिउँसो ०३:०० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), शोभन योग,

मध्यरात्रीपछि ०१:३४ बजेसम्म, त्यसपछि अतिगण्ड योग, सुरुमा बब करण दिउँसो ११:१८ बजेसम्म, त्यसपछि बालब करण बेलुका १०:०६ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : वज्र, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य (बेलुका १०:०६ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो ०४:२३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान (मतछोयके), निजामती सेवा दिवस, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, मुठी लिने, फणिचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-, २३ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), शिक्षा तथा साक्षरता दिवस, न्हुघया,

मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, कलशचक्र, २४ गते : अनन्त चतुर्दशी व्रत, श्री पूणर्िमा व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २५ गते : पूणर्िमा व्रत, हलो बार्ने तथा धूपधुँवार गर्ने दिन, उमामहेश्वर व्रत, महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, चेपाङहरूको चोनम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभकार्यको योग छ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कष्टपूर्ण यात्रा हुनसक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सुखद् यात्राको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार