• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २३ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २३ गते, बिहीवार,८ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष त्रयाेदशी तिथि,१९ः४६ बजेदेखि चतुर्दशी।श्रवण नक्षत्र, १३ः३४ बजेदेखि धनिष्ठा।चन्द्रराशि–मकर। भाद्रपद
शुक्लपक्ष (ञलाथ्व) त्रयोदशी तिथि, बेलुका ०७:४७ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, श्रवण नक्षत्र, दिउँसो ०१:२५ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा,मध्यरात्रीपछि

१२:४० बजेसम्म, त्यसपछि कुम्भ राशिमा, अतिगण्ड योग, बेलुका १०:३७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण बिहान ०८:५४ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०७:४७ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : ध्वज, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (बेलुका ०७:४७ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (मध्यरात्रीपछि १२:४० बजे), वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०५:०७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), शिक्षा तथा साक्षरता दिवस, न्हुघया, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, कलशचक्र, फणिचक्र,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २४ गते : अनन्त चतुर्दशी व्रत, श्री पूणर्िमा व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २५ गते : पूणर्िमा व्रत, हलो बार्ने तथा धूपधुँवार गर्ने दिन, उमामहेश्वर व्रत, महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, चेपाङहरूको चोनम पर्व, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), २६ गते : सोह्र श्राद्धअन्तर्गत प्रतिपदा र द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), चतुर्मासा व्रत लिनेले दूध बार्ने दिन प्रारम्भ, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमी, आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार