• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक


काठमाडौं ।सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेकोछ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ
द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ । महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन

शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

नेपालमा प्रधानमन्त्री विदेशीको योजनामा बन्न थालेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।‘आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ’ उनले भने ।

अध्यक्ष लिङ्देनले नेपाललाई कसैको माग बिना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीहरुले कुनै विरोध गर्न नसकेको बताए । उनले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार