• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

न्याय माग्ने पीडितमाथि परमादेसी सरकारको लाठी चार्ज, ६० जना पक्राउ


काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए ।तर उनीहरुलाई कीर्तिपुरमा

नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार