• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण


राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकीछन्।संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण
गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी

हुन् । यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन् । सो विधेयकबारे राष्ट्रपतिले निरन्तर परामर्श गर्दै आएकी छन् ।

संसदको कार्यकाल सकिनुअघि नै राणामाथिको महाभियोग टुंगिने
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकाएकाे छ । जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछि​समितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने भएको छ ।

सोही अनुसार जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको समितिले जनाएकाे छ । ‘पुरक प्रश्नका विषयमा अहिलेसम्म भएका बयानमा उल्लेख गरेका कुरा रेकर्ड हुँदैछन् । त्यो समेत अध्ययन गरेर पुन पुरक प्रश्नका लागि समय दिएर बोलाउने भन्ने कुरा भएको छ’, नवनियुक्त समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले भने, ‘भोली बिहान नौ बजे अर्को बैठक राखिएको छ । त्यसमा बुझ्नुपर्ने प्रमाण, उल्लेख गरेका व्यक्तिका बारेमा छलफल गरेर आवश्यक परेको खण्डमा समितिमा बोलाएर बुझ्नुपर्ने भए बुझ्ने भन्ने कुरा भएको छ ।’

त्यस्तै उनले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै प्रतिवेदन कसरी लेख्ने भन्ने कुरा पनि समितिको निर्णयअनुसार नै हुने बताए । संसदको कार्यकाल सकिन लागेको अवस्थामा राणमाथिको महाभियोग के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भने, ‘संसदको कार्यकाललाई विचार गरेर नै निष्कर्षमा पुर्याउने भनेर भोलिसमेत बैठक बोलाइएको हो ।’

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार