• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

कांग्रेस महामन्त्री गगन थापाका घरमा टिकट माग्नेको थामिनसक्नु भिड !


काठमाडौं नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन्।एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमाछ।कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् ।पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी आश

थापामा छ ।कार्यकर्ता बाठा भइसके । ‘जय नेपाल’ भन्न जुनसुकै सम्मानित नेता भेटे पनि टिकट र लाभ पाउन कार्यकारीकै पछि लाग्नुपर्‍यो । सभापति देउवा प्रधानमन्त्रीसमेत रहेकाले उनलाई भेट्न हत्तपत्त नेता कार्यकर्ताले पाउँदैनन् । देउवा स्वयंले भेट्न इच्छा गरे भने मात्रै नेता कार्यकर्ताका लागि बालुवाटारको ढोका खुल्छ ।देउवासँग भेट्न पाउनेले त पाए, देउवासँग भेटेकामध्ये कतिपय, नभेटेकाहरू चाहिँ महामन्त्री थापाकहाँ पनि धाउँछन् ।देशभरबाट आएका नेता कार्यकर्ता देउवा वा थापाका घरमा लाइन लाग्नुको एउटै कारण छ – ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ।महामन्त्री विश्वप्रकाश शर्मा उपचाररत रहेकाले उनीकहाँ पुगेर टिकटको हारगुहार गर्ने अवस्था अहिले छैन । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङकहाँ टिकटको भनसुन गर्नेहरुको भिड छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा पनि फाट्ट फुट्टमात्र नेता कार्यकर्ता पुग्छन् ।

गृह जिल्ला तनहुँका नेता कार्यकर्ता सोमबार विहान उनको निवास पुगेका थिए । उक्त भेटघाटको मूल उद्देश्य पौडेलको गृह जिल्ला तनहुँका आकांक्षीको व्यवस्थापनमा केन्द्रित रहेको सहभागी आस्था विन्दु मल्ल ठकुरीले जानकारी दिइन् । उनी प्रदेशसभातर्फ समानुपातिकमा सिफारिसमा परेकी छन् ।अन्य नेताको निवासमा कार्यकर्ताको उपस्थिति पातलो छ । नेता कार्यकर्ताको आँखा या देउवा निवास बालुवाटारमा छ, या महामन्त्री थापाको निवास रातोपुलमा ।

महामन्त्री निवासको मंगलबार विहानको दृश्य
महामन्त्री थापाले जिल्लाबाट आएका नेता कार्यकर्तालाई भेट्नका लागि विहान ८ बजेपछिको समय निर्धारण गरेका छन् । तर, विहान ७ बज्दा नबज्दै कार्यकर्ताको भिड लागिसकेको थियो । देशभरबाट आएका नेता कार्यकर्ताको ताँती मूलबाटोबाट थापाको भेटघाट कक्षसम्म पुगेको छ ।कम्पाउण्डभित्र छिरेपछि नेता कार्यकर्ताको लाइन सुरु हुन्छ । भेटघाट कक्षमा छिर्ने ढोकामा ठेलमठेल छ । एकल भेटघाटमा आउनेहरुको संख्या न्यून छ । धेरैजसो नेता कार्यकर्ता जिल्लाबाट समूहसहित आएका छन् । आउनेहरु अधिकांश उम्मेदवारमा नाम सिफारिस भएका नेताहरु छन् ।

ठेलमठेलका बीच यमुना देवी श्रेष्ठ महामन्त्री थापालाई भेट्न पुगिन् । उनले आफ्ना कुरा राख्ने समय जम्मा पाइन् एक मिनेट ।श्रेष्ठको नाम काठमाडौं–१० बाट प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस भएको छ । श्रेष्ठ तिनै पात्र हुन्, जो स्थानीय तहको निर्वाचनअघि चन्द्रागिरि नगरपालिकाको मेयरको उम्मेदवारको आकांक्षा राखेर केन्द्रीय कार्यालय धाएकी थिइन् । स्थानीय तहको चुनावमा उनले टिकट पाइनन् ।प्रतिनिधिसभामा क्षेत्र, जिल्ला हुँदै उनको नाम प्रदेशबाट सिफारिसमा परेपछि हारगुहार गर्न उनी महामन्त्री थापाकहाँ आइपुगेकी छन् । ‘मैले त मेरो कुरा आधा मिनेटमा भनेर सकें । मान्छेको हुल छ । धेरै समय कहाँ पाउनु ?’ महासमिति सदस्य श्रेष्ठले भनिन्, ‘हेरौंला भन्नुभएको छ । आशा गरेकी छु ।’केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको थापा निवासमा भिड छ । मधेशबाट आउनेहरुको संख्या अन्य प्रदेशबाट भन्दा बढी छ ।

मधेशका जिल्लाहरुमा निर्वाचन क्षेत्र बढी भएकाले उम्मेदवार आकांक्षी पनि स्वभाविक रुपमा बढी छ । मधेशका प्रत्येक जिल्लामा चार प्रतिनिधि सभा र आठवटा प्रदेश सभा क्षेत्र छन् ।
महामन्त्री थापाकै निवासमै भेटिएका बाराका लोकेश सिंहले सभापति देउवा बाहेक शीर्ष तहका सबै नेतालाई भेटेको सुनाए । उनी बारा ४ क बाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका छन् ।
टिकटको आकांक्षा राखेर आउनेहरु संस्थापनइतरका मात्रै छैनन् । पार्टीको महामन्त्री तथा सिट बाँडफाँट कार्यदलमा समेत थापा रहेकाले धेरैले उनीबाट आशा राखेका छन् । रामचन्द्र पौडेललाई सहजै दुई पटक भेट्न पाएको, तर महामन्त्रीलाई भेट्न लामो समयदेखि प्रतीक्षा गरिरहेको चितवनका कांग्रेसस नेता रामचन्द्र भट्टराईले सुनाए ।‘शक्ति भन्ने चिज कस्तो हुने रहेछ है ? रामचन्द्र दाइलाई दुई पटक भेटें । सजिलै भेट्न पाएँ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँकोमा नेता कार्यकर्ता कम जान थालेछन् । महामन्त्रीका यस्तो अवस्था छ ।’

भट्टराईको नाम चितवन ३ ‘ख’ बाट समानुपातिकमा सिफारिसमा परेको छ । महामन्त्रीसँग एकै मिनेट कुरा गर्न पाए पनि समानुपातिकमा परौंला भन्ने उनको आशा छ ।महामन्त्री थापाले आफ्नो निवासमा आउने सबैजसोसँग भेट्ने र छोटो भए पनि कुरा सुन्ने गरेका छन् । आशा गरेर आउँदा पनि भेट नदिए खराब प्रभाव पर्ने भएकाले छोटो समय भए पनि भेटाउने तारतम्य मिलाइएको थापाको सचिवालयका एक सदस्य बताउँछन् ।‘युवा उमेरको आएर दाइ तपाईंले पार्टीमा युवा आउनपर्छ भन्नुभएको होइन ? म युवा सिफारिस भएँ । मलाई नबनाएर कसलाई उम्मेदवार बनाउनुहुन्छ, भन्छन् ।’ सचिवालयका एक सदस्य भन्छन्, ‘अर्को ७४ वर्षको आउनुहुन्छ । जीवनभर कांग्रेसमा लागें । अहिलेसम्म केही पाएको छैन । मेरो पहिलो र अन्तिमपटक यही हो । म उम्मेदवार बन्छु भन्नुहुन्छ ।’

नेताकोमा किन भिड लाग्छ ?
कांग्रेसको विधान अनुसार प्रत्यक्षतर्फ मनोनयन दर्ता हुनुभन्दा एक महिना अघि उम्मेदवार चयन गरिसक्नुपर्दछ । विधानको उक्त व्यवस्था कांग्रेसले लत्याइसकेको छ । निर्वाचन आयोगले असोज २३ गतेलाई प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसअनुसार, निर्वाचन आयोगले दिएको समय अनुसार समय घर्किसकेको छ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट टुंगो लाग्न नसकिरहेको अवस्थामा कांग्रेसले आफ्ना उम्मेदवार तय गर्नसक्ने परिस्थिति पनि छैन ।

ठेलमठेलका बीच यमुना देवी श्रेष्ठ महामन्त्री थापालाई भेट्न पुगिन् । उनले आफ्ना कुरा राख्ने समय जम्मा पाइन् एक मिनेट ।

श्रेष्ठको नाम काठमाडौं–१० बाट प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस भएको छ । श्रेष्ठ तिनै पात्र हुन्, जो स्थानीय तहको निर्वाचनअघि चन्द्रागिरि नगरपालिकाको मेयरको उम्मेदवारको आकांक्षा राखेर केन्द्रीय कार्यालय धाएकी थिइन् । स्थानीय तहको चुनावमा उनले टिकट पाइनन् ।प्रतिनिधिसभामा क्षेत्र, जिल्ला हुँदै उनको नाम प्रदेशबाट सिफारिसमा परेपछि हारगुहार गर्न उनी महामन्त्री थापाकहाँ आइपुगेकी छन् । ‘मैले त मेरो कुरा आधा मिनेटमा भनेर सकें । मान्छेको हुल छ । धेरै समय कहाँ पाउनु ?’ महासमिति सदस्य श्रेष्ठले भनिन्, ‘हेरौंला भन्नुभएको छ । आशा गरेकी छु ।’केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको थापा निवासमा भिड छ । मधेशबाट आउनेहरुको संख्या अन्य प्रदेशबाट भन्दा बढी छ ।

मधेशका जिल्लाहरुमा निर्वाचन क्षेत्र बढी भएकाले उम्मेदवार आकांक्षी पनि स्वभाविक रुपमा बढी छ । मधेशका प्रत्येक जिल्लामा चार प्रतिनिधि सभा र आठवटा प्रदेश सभा क्षेत्र छन् ।
महामन्त्री थापाकै निवासमै भेटिएका बाराका लोकेश सिंहले सभापति देउवा बाहेक शीर्ष तहका सबै नेतालाई भेटेको सुनाए । उनी बारा ४ क बाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका छन् ।
टिकटको आकांक्षा राखेर आउनेहरु संस्थापनइतरका मात्रै छैनन् । पार्टीको महामन्त्री तथा सिट बाँडफाँट कार्यदलमा समेत थापा रहेकाले धेरैले उनीबाट आशा राखेका छन् । रामचन्द्र पौडेललाई सहजै दुई पटक भेट्न पाएको, तर महामन्त्रीलाई भेट्न लामो समयदेखि प्रतीक्षा गरिरहेको चितवनका कांग्रेसस नेता रामचन्द्र भट्टराईले सुनाए ।‘शक्ति भन्ने चिज कस्तो हुने रहेछ है ? रामचन्द्र दाइलाई दुई पटक भेटें । सजिलै भेट्न पाएँ’, भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँकोमा नेता कार्यकर्ता कम जान थालेछन् । महामन्त्रीका यस्तो अवस्था छ ।’

भट्टराईको नाम चितवन ३ ‘ख’ बाट समानुपातिकमा सिफारिसमा परेको छ । महामन्त्रीसँग एकै मिनेट कुरा गर्न पाए पनि समानुपातिकमा परौंला भन्ने उनको आशा छ ।महामन्त्री थापाले आफ्नो निवासमा आउने सबैजसोसँग भेट्ने र छोटो भए पनि कुरा सुन्ने गरेका छन् । आशा गरेर आउँदा पनि भेट नदिए खराब प्रभाव पर्ने भएकाले छोटो समय भए पनि भेटाउने तारतम्य मिलाइएको थापाको सचिवालयका एक सदस्य बताउँछन् ।‘युवा उमेरको आएर दाइ तपाईंले पार्टीमा युवा आउनपर्छ भन्नुभएको होइन ? म युवा सिफारिस भएँ । मलाई नबनाएर कसलाई उम्मेदवार बनाउनुहुन्छ, भन्छन् ।’ सचिवालयका एक सदस्य भन्छन्, ‘अर्को ७४ वर्षको आउनुहुन्छ । जीवनभर कांग्रेसमा लागें । अहिलेसम्म केही पाएको छैन । मेरो पहिलो र अन्तिमपटक यही हो । म उम्मेदवार बन्छु भन्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार