• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र २९ गते बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र २९ गते, बुधवार, १४ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष चतुर्थी तिथि, १२ः२४ बजेदेखि पञ्चमी। अश्विनी नक्षत्र,९ः५८ बजेदेखि भरणी। चन्द्रराशि–मेष।आश्विन
कृष्णपक्ष (ञलागा) चतुर्थी / चौथी तिथि, दिउँसो १२:२३ बजेसम्म, त्यस पछि पञ्चमी तिथि, अश्विनी नक्षत्र, बिहान ०९:५६ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र,चन्द्रमा मेष राशिमा(अहोरात्र

व्याप्त), ध्रुव योग, बिहान १०:०९ बजेसम्म, त्यसपछि व्याघात योग, सुरुमा बालब करण दिउँसो १२:२३ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि १२:३१ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मृत्यु, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (दिउँसो १२:२३ बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:१४ बजेपछि, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : सोह्र श्राद्धअन्तर्गत पञ्चमी श्राद्ध, भरिणी श्राद्ध, इन्द्रध्वज पातन (नानीचाया), बाल दिवस, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्वारचक्र, पुराण श्रवण, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ३० गते : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने),

३१ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, भाद्र मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : दिउँसो ०१:३६ बजेपछि भद्रा रहने छ), ०१ गते : आश्विन सङ्क्रान्ति, श्री विश्वकर्मा पूजा, महालक्ष्मी व्रतको समापन, वास्तु दिवस, अष्टमी व्रत, द्विपुष्कर योग दिनको ०२:१६ बजेदेखि ०२:५६ बजेसम्म,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्म र आस्था बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । लाभदायी र रमाइलो यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ, तर आफन्तले साथ भने दिनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार