• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ भाद्र ३० गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ भाद्र ३० गते, बिहीवार १५ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १२ः४५ बजेदेखि षष्ठी।भरणी नक्षत्र,१०ः५६ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १७ः१५
बजेदेखि वृष। आश्विन कृष्णपक्ष (ञलागा)पञ्चमी तिथि, दिउँसो १२:४३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, भरिणी नक्षत्र, दिउँसो १०:५२ बजेसम्म,त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा,

साँझ ०५:१४ बजेसम्म, त्यसपछि बृष राशिमा, व्याघात योग, बिहान ०९:१८ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा तैतिल करण दिउँसो १२:४३ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:०८ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : पद्म, चन्द्रवणर् : रातो (साँझ ०५:१४ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पूर्व (साँझ ०५:१४ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : दक्षिण (दिउँसो १२:४३ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:५१ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ३१ गते : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, भाद्र मसान्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : दिउँसो ०१:३६ बजेपछि भद्रा रहने छ), ०१ गते : आश्विन सङ्क्रान्ति, श्री विश्वकर्मा पूजा, महालक्ष्मी व्रतको समापन, वास्तु दिवस, अष्टमी व्रत, द्विपुष्कर योग दिनको ०२:१६ बजेदेखि ०२:५६ बजेसम्म, ०२ गते : गोरखकाली पूजा, सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, जीवत्पुत्रिका व्रत (जितीया पर्व), जीमूतवाहन पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसँग भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गर्न खोजेका कार्यमा बाधा आउनेछन् । दुखको समाचार प्राप्त हुन सक्नेछन् । काममा बिघ्नबाधा परे पनि निराश र हतास नहुनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार