• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अछाममा पहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना बेपत्ता, हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ – अछाममा पहिरो मा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछाम का अनुसार
कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चार जनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउने

मध्येका चारजनाको शव निकालिएको प्रहरीले जानकारी दिएका छन् ।उक्त पहिरोमा पुरिएर थप तीनजना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । पहिरो पुरिएकामध्ये कमलवजार नगरपालिका –६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका आठजनाको शव फेला परेको छ ।तुर्माखाँद गाउँपालिका, ५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका चारजनाको शव निकालिएको छ । थप पाँचजना पहिरोमै पुरिएका छन् । शनिबार बिहान करिव ४ बजे पहिरो खस्दा तुर्माखादका स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिँदा उनीहरूको ज्यान गएको छ ।

उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको स्थानीयले जानकारी दिए ।
गृहमन्त्री बालकृष्ण खाँणले अछामका पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा
प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागितत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेका छन् ।

गृहमन्त्रालयमा भएको रिपोर्टिङ अनुसार अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेका छन् ।

कमलबजारकै वडा नं ८ मा घर पुरिदाँ एकै परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको उनले बताए ।त्यस्तै ढकारी गाँउपालिकामा १ घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनको भनाइ छ । तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार