• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माधवप्रति बालेनको कटाक्ष : कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?


काठमाडौँ महानगर का मेयर बालेन्द्र शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रति कटाक्ष गरेका छन् । तीनकुनेको समस्या समाधान नगरेको भन्दै
शाहले अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै प्रश्न गरेका हुन् ।उनले लेखेका छन्, आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति

बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।

महाभियोग सिफारिस समितिमा प्रतिवेदनका बुँदाबारे चर्काचर्की
महाभियोग सिफारिस समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीच प्रतिवेदनमा राख्ने केही विषयमा विवाद भएको छ । विवादका क्रममा सदस्यहरुबीच चर्काचर्की नै भएको छ ।

समितिका सभापति रामबहादुर विष्टले प्रतिवेदन तयार गरेर ल्याएर बैठकमा छलफल गर्दा महाभियोग अर्को संसद्ले ग्रहण गर्न सक्ने बुँदा राखेको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका हुन् । एमाले सांसदहरूले डीना उपाध्यायलाई भेट्न पठाएको विषय पनि प्रतिवेदनमा राख्नुपर्ने अडान राखेका छन् ।बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाम्फेले सफाइको मौका दिनुपर्ने तर्क राखिन् । ‘सफाइको मौका दिनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गर्दै भनिन्, ‘तपाईंहरूले लेखेर ल्याएको कुरा हामीलाई मान्य छैन । अभियुक्तले बयान दिएपछि उसलाई सफाइको मौका दिनुपर्दैन ? महाभियोग लगाउनका लागि पुष्टि हुने तथ्य कारण के छ ?’, उनको प्रश्न थियो ।

त्यस्तै अर्का सांसद लालबाबु पण्डितले वर्तमान र पूर्व प्रधानमन्त्रीले राजीनामा माग गर्न मान्छे पठाएको कुरा समावेश गरिन्छ कि गरिँदैन ? भन्दै उनले पनि प्रतिवेदनको ३ नम्बर बुँदाप्रति आपत्ति जनाएका छन् । सांसद कृष्णभक्त पोखरेलले चोलेन्द्रलाई आफूहरूले निर्दोष नभनेको तर डीना उपाध्यायले चोलेन्द्रको राजीनामाको माग लिएर गएको अवस्थाबारे प्रश्न गरेका थिए । उनले असहमतिका बीचमा पनि सहमति खोजेर जानुपर्ने धारण राखेका छन् ।माओवादी सांसद यशोदा सुवेदीले राणाले दिएको बयानमै उनी महाभियोग लगाउन योग्य व्यक्ति हुँ भन्ने स्वीकारोक्ति रहेको प्रतिवेदनमै उल्लेख गर्नुपर्ने बताइन् । ‘उहाँले त साबिति बयानमै महाभियोग लगाउन योग्य रहेको भन्नुभएको छ’, सुवेदीको भनाइ छ ।

त्यस्तै अर्की सांसद रेखा शर्माले पनि कार्यपालिका प्रमुखलाई मन्त्री बनाएको मान्छेलाई हटाउन आग्रह गरेको भन्ने बित्तिकै त्यहाँ साँठगाँठ भएको देखिने भएकाले त्यसलाई भाषामा कसरी लेख्ने भन्ने विकल्प खोज्नुपर्ने बताइन् । सांसद प्रमोद साहले बयानका कतिपय कुरामा महाभियोग लगाउन उचित हुन्छ भनेर राणाले स्वीकारेको भन्दै राणा आफैले ५ जनालाई नै महाभियोग लगाइदिन अनुरोध गरेको भनेपछि त्यो भन्दा ठुलो आधार अरू नहुने बताए ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार