• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज २ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज २ गते, आइतवार, १८ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष अष्टमी तिथि,१६ः३८ बजेदेखि नवमी।मृगशिरा नक्षत्र, १६ः३२ बजेदेखि आर्द्रा। चन्द्रराशि– मिथुन।
आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) अष्टमी तिथि, साँझ ०४:३७ बजेसम्म,त्यसपछि नवमी तिथि, मृगशिरा नक्षत्र,साँझ ०४:३१ बजेसम्म,त्यसपछि आर्द्रा नक्षत्र,चन्द्रमा मिथुन राशिमा (अहोरात्र

व्याप्त), सिद्धि योग, बिहान ०९:०५ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा कौलव करण साँझ ०४:३७ बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०५:३५ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : सौम्य, चन्द्रवणर् : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (साँझ ०४:३७ बजेसम्म), त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : मध्यरात्रीपूर्व ११:३९ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : जीवत्पुत्रिका व्रत (जितीया पर्व), जीमूतवाहन पूजा, गोरखकाली पूजा, सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, गया मध्याष्टमी, परिवार नियोजन दिवस, आजको मुहूर्त : द्रव्यप्रयोग, हलचक्र (द्रष्टव्य : मृत्यु वाणविचार गरी कार्य गर्ने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०३ गते : सोह्र श्राद्धअन्तर्गत नवमी श्राद्ध, मातृ नवमी श्राद्ध (सौभाग्यवती स्त्रीहरूको श्राद्ध), अन्वष्टका श्राद्ध, संविधान दिवस, ०४ गते : सोह्र श्राद्धअन्तर्गत दशमी श्राद्ध, ०५ गते : श्री इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, विश्व शान्ति दिवस, फर्पिङमा हरिशङ्कर यात्रा, साहित्यकार भैरव अर्याल जयन्ती, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस, मुहूर्त : डेरा सर्ने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । जोशजागर बढ्नुका साथै समयले राम्रो साथ दिनेछ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार