• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

जबराकी छोरी सुनिधीको आग्रह, ‘नेपाली जनताले आफ्नो परिवारको जीवन रक्षाका लागि साथ दिनुपर्‍यो’


काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छन् । जबराकी छोरी सुनिधीले आफूहरुको परिवार लाई सरकारले नजरबन्द मा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताएकी हुन् ।

आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताइन् । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताइन् ।उनले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो पोखिन् । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधीले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गरिन् ।उनले भनेकी छन्, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चाहरु स्कुलमा लिन जानुपर्छ । एउटा बच्चा लिइ आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्‍यो नि । एकदमै अराजकताको पनि पराकाष्ट छ । अब के कारणले यिनीहरुले गरिराख्या छ भन्ने कुरा हामीले पनि बुझिराख्या छैन । यिनीहरुलाई चाहीँ एक किसिमको लाज पनि हराएर, नैतिकता पनि हराएर हामीमाथि यस्तो अन्याय, अत्याचार भएको छ । अब यो सबै कुरा चाहीँ नेपाली जनताले बुझिदिनु पर्‍यो ।’

उनले थपिन्, ‘हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौं–सबजनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने सबजना उठेर आई दिनुपर्‍यो । हामीहरुलाई यस्तो बेलामा नजरबन्दमै राखिएको छ । हामीबाट यहाँबाट बाहिर निस्कन र भित्र जाने हाम्रो कन्डिसन छैन । यो कुरा चाँही सबै जनाले बुझिदिनु पर्‍यो । म यही भन्न चाहन्छु । हामी १० बजे अदालत जाने भनेपछि पुलिसहरु एकदमै आक्रामक शैलीमा हाम्रो निवासको बाहिर जम्मा हुनुभएको छ । उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नु भएको छैन । बच्चाहरुलाई लिन जानुपर्छ सन्चो छैन । औषधिहरु लिन जानुपर्‍यो । काम गर्ने मानिस बाहिर हिँडिराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनिराखेको छ ।’

उनले फेरि भनिन्, ‘अराजकता कसले मच्चाइराखेको छ ? त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर । उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नुभएको छ । यो सबै कुरा नेपाली जनताले बुझ्न एकदमै जरुरी छ । अहिलेको सरकारले एकदमै हामीलाई अन्याय, अत्याचारै गरेको छ । यो गठबन्धनको सरकारले हामीमाथि अत्याचारै गरेको छ । हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ ।’

त्यस्तै उनले सरकार नै आफूहरुविरुद्धमा लागेको बताउँदै भनेकी छन्, ‘हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्नसक्छौं ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिम्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो ? छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आइ दिनुप¥यो । अब घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रूल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई दशेको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नुप¥यो ।’
सुनिधीका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ । छोरी सुनिधीका अनुसार उनलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउन समेत नदिएको बताइएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतवार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर, सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्वित प्रधानन्यायाधीश जबरा र उनको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार