• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज ४ गते मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज ४ गते, मंगलवार, २० सेप्टेम्बर २०२२।आश्विन कृष्णपक्ष दशमी तिथि,२०ः४१ बजेदेखि एकादशी। पुनर्वशु नक्षत्र, २१ः४१ बजेदेखि तिष्य। चन्द्रराशि– मिथुन,
१५ः०२ बजेदेखि कर्कट। आश्विन कृष्ण (पितृ) पक्ष(ञलागा) दशमी तिथि, बेलुका ०८:३९ बजेसम्म, त्यसपछि एकादशी तिथि, पुनर्वसु नक्षत्र, बेलुका ०९:३९ बजेसम्म, त्यसपछि पुष्य (तिष्य)

नक्षत्र, चन्द्रमा मिथुन राशिमा, दिउँसो ०३:०० बजेसम्म, त्यसपछि कर्कट राशिमा, वरीयान् योग, बिहान १०:११ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा वणिज करण बिहान ०७:३६ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका ०८:३९ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : स्थिर, चन्द्रवणर् : पहेंलो (दिउँसो ०३:०० बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:०० बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (बेलुका ०८:३९ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : सोह्र श्राद्धअन्तर्गत दशमी श्राद्ध, आजको (द्रष्टव्य : साँझ ०६:३६ बजेपछि भद्रा रहने छ)आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०५ गते : श्री इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, विश्व शान्ति दिवस, फर्पिङमा हरिशङ्कर यात्रा,

साहित्यकार भैरव अर्याल जयन्ती, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस, मुहूर्त : डेरा सर्ने, ०६ गते : सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, सन्न्यासी, यति, ब्रह्मचारी र वैष्णवजनको श्राद्ध, सामाजिक सेवा दिवस, ०७ गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, कलियुगादि, जुम्ला खलङ्गामा चन्दननाथको लिंगो ठड्याउने दिन, राष्ट्रिय संरक्षण दिवस, दिन र रात बराबर हुने दिन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । गरेको काममा ढिलासुस्ती हुनसक्छ । पढाइलेखाइमा पनि बाधा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार