• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज ६ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज ६ गते, बिहीवार, २२ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष द्वादशी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट। आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) द्वादशी तिथि, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:३४ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:३४ बजेसम्म,

त्यसपछि सिंह राशिमा, शिव योग, दिउँसो ११:१९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण दिउँसो ११:३९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:३० बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : अमृत, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, सन्न्यासी, यति, ब्रह्मचारी र वैष्णवजनको श्राद्ध, सामाजिक सेवा दिवस, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०७ गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा श्राद्ध, कलियुगादि, जुम्ला खलङ्गामा चन्दननाथको लिंगो ठड्याउने दिन, राष्ट्रिय संरक्षण दिवस, दिन र रात बराबर हुने दिन, ०८ गते :

सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध (शस्त्रादिबाट अकालमा मरेकाहरूको श्राद्ध), प्राणनाथजीको जन्मोत्सव (कृष्णप्रणामी), नलास्वन चह्रे पूजा, ०९ गते : सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), महाविष्णुको प्रियताका निमित्त ब्राह्मण भोजन गराउने दिन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभहानी, सुखदुःख बरावारी रहनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार