• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असाेज ९ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असाेज ९ गते, आइतवार, २५ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष औंसी तिथि। पूर्वफाल्गुनी नक्षत्र, प्रातः ६ः०२ बजेदेखि उत्तरफाल्गुनी । चन्द्रराशि– सिंह, १२ः२०
बजेदेखि कन्या। आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) अमावस्या/औंसी तिथि, भोलि बिहान ०३:२१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाफाल्गुनी नक्षत्र, बिहान ०६:१० बजेसम्म, त्यसपछि

उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, दिउँसो १२:२४ बजेसम्म, त्यसपछि कन्या राशिमा, शुभ योग, दिउँसो ११:०८ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा चतुष्पाद करण दिउँसो ०३:१३ बजेसम्म, त्यसपछि नाग करण भोलि बिहान ०३:२१ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : छत्र, चन्द्रवणर् : रातो (दिउँसो १२:२४ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (दिउँसो १२:२४ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व ०२:५० बजेदेखि भोलि बिहान ०३:१७ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), महाविष्णुको प्रियताका निमित्त ब्राह्मण भोजन गराउने दिन,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १० गते : शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १०:२३ बजे), जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वने, महाराज अग्रसेन जयन्ती, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिलान्यास (सामान्य), डेरा सर्ने, द्वारचक्र११ गते : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), पर्यटन दिवस, झण्डा फेर्ने साइत दिनको ११:११ बजे (शुभ दिशा, पश्चिम), द्विपुष्कर योग बिहान ०७:३७ बजेदेखि मध्यरात्रीपछि ०२:४७ बजेसम्म, पर्यटन दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने), १२ गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, नागरिक सुरक्षा दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), वस्त्राभरण, डेरा सर्ने, मुठी लिने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने मनमा हर्ष र प्रसन्नता छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार