• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

गायिका जेरुसा राई ४ दिनदेखि बेपत्ता, घरमा एक पेजको ‘सु’सा’इ’ड नोट’


गायिका जेरुसा राई असोज ६ मा साँझबाट बेपत्ता छिन् ।ललितपुरको धोबीघाटस्थित घरमा मोवाइल छाडेर हिँडेकी जेरुसाले लेखेको ‘सुसाइड नोट’ भेटिएको छ । सो
नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । युट्युबबाट चर्चित ३० वर्षीया गायिका जेरुसाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए । सुन्दरी

घाटमा जडान गरिएको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरामा जेरुसा एक्लै हिँडिरहेको देखिएको छ । सुन्दरीघाट बाहेक अन्यत्रको क्यामेरामा उनको गतिविधि देखिएको छैन । जेरुसा अमेरिका र बेलायत बसेर फर्केकी हुन् । अंग्रेजी भाषामा जेरुसाले एक पेज लामो ‘सुसाइड नोट’ लेखेर छाडेकी छिन् । नोटमा उनले लेखेकी छिन्–‘आमा, म जत्ति बाँचे प्रुटफुल जीवन बिताएँ अब मलाई बिर्सिनुहोला ।’आमा र परिवारलाई उनले भनेकी छन्– ‘तपाईहरु प्रुटफुल जीवन बाँच्नुहोस्, मलाई बिर्सिनुहोस् ।’

घर छाड्नुको कारणबारे जेरुसाले भनेकी छिन्–‘यसमा कसैलाई पनि दोष दिँदिन, मेरो जीवनको दोषी म आफैं हुँ ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नोटको अन्तमा उनले लेखेकी छिन्–‘अब मेरो बिदा हुने समय आयो !’ सोमबार समाचार तयार गर्दासम्म उनको अवस्था अज्ञात छ।ललितपुर प्रहरीले उच्च प्राथमिकताका साथ उनको खोजी गरिरहेको छ ।

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सोमबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार