• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अविवाहित राजेशपायल राई बनेकै हुन् त बुबा ?


विवाह कहिले गर्ने ? गायक राजेशपायल राई मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आए पछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेकोछ।राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो ।राईलाई साङबुङ राई नामकी युवतीसँगको

रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् । केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको बताइएको छ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् ।

साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् ।

यस विषयमा गायक राजेशपायलसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यो विषय उनले स्पष्ट पार्लान् वा अझै गुपचुप राख्छन् त्यो भने समयले नै बताउला !

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार