• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असोज १८ गते, मंगलवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असोज १८ गते, मंगलवार, ४ अक्टोबर २०२२। आश्विन शुक्लपक्ष नवमी तिथि, १३:३४ बजेदेखि दशमी।उत्तराषाढा नक्षत्र। चन्द्रराशि–मकर।आश्विन शुक्ल (दुर्गा)
पक्ष (कौलाथ्व) नवमी तिथि, दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपूर्व ११:१० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा धनु राशिमा, बिहान ०६:२५

बजेसम्म, त्यसपछि मकर राशिमा, अतिगण्ड योग, दिउँसो १२:४१ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:२४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मानस, चन्द्रवणर् : पहेंलो (बिहान ०६:२५ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०६:२५ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पूर्व (दिउँसो ०१:३६ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०६:२९ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : महानवमी, नवरात्रअन्तर्गत श्री सिद्धिदात्री भगवतीको आराधना, दुर्गा नवमी, चण्डिका भगवतीको पूजा तथा बलिदान, मन्वादि, स्याक्वट्याक्व, बौद्धावतार, विश्व पशु दिवस,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १९ गते : विजया दशमी, दशैंको टीका (टीकाको शुभ साइत बिहान ११:५१ बजे), नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन (साइत बिहान १०:३४ बजे),

तुलजा भवानीको यात्रा (साइत बिहान ०७:३५ बजे), स्थिरासन/खड्ग यात्रा (साइत बिहान ०८:४७ बजे), शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, सीमा उल्लङ्घन, श्री शिरडी साईबाबा पुण्यतिथि, विश्व शिक्षक दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), २० गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूणर्ा यात्रा (असँचाल), मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने (द्रष्टव्य : बिहान ०८:५४ बजेसम्म भद्रा रहेको छ)। २१ गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), पद्मनाभ द्वादशी व्रत, दुग्धदान (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दाल नखाने), खाँची सराय पर्व, मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज १८ गते मङ्गलवार