• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ असोज १९ गते, बुधवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ असोज १९ गते, बुधवार,५ अक्टोबर २०२२। आश्विन शुक्लपक्ष दशमी तिथि, ११ः११ बजेदेखि एकादशी। श्रवण नक्षत्र। चन्द्रराशि– मकर।आश्विन शुक्ल (दुर्गा) पक्ष
(कौलाथ्व) दशमी तिथि, दिउँसो ११:१३ बजेसम्म,त्यसपछि एकादशी तिथि, श्रवण नक्षत्र, बेलुका ०९:३३ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सुकर्मा

योग, बिहान ०९:३५ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा गर करण दिउँसो ११:१३ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:०३ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : छत्र, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर (दिउँसो ११:१३ बजेसम्म), त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०६:४८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान,आज : विजया दशमी, दशैंको टीका (टीकाको शुभ साइत बिहान ११:५१ बजे), नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन (साइत बिहान १०:३४ बजे), तुलजा भवानीको यात्रा (साइत बिहान ०७:३५ बजे), स्थिरासन/खड्ग यात्रा (साइत बिहान ०८:४७ बजे), शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, सीमा उल्लङ्घन, श्री शिरडी साईबाबा पुण्यतिथि, विश्व शिक्षक दिवस, आजको मुहूर्त : अन्नप्राशन (पास्नी), फणिचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २० गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूणर्ा यात्रा (असँचाल), मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने (द्रष्टव्य : बिहान ०८:५४ बजेसम्म भद्रा रहेको छ), २१ गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), पद्मनाभ द्वादशी व्रत, दुग्धदान (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दाल नखाने), खाँची सराय पर्व, मुहूर्त : द्रव्यप्रयोग, डेरा सर्ने, २२ गते : अखिलबलि पूर्ति, सिघया

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति : २०७९ असोज १९ गते बुधवार