• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सूर्य चिन्हबाट चुनाव लड्ने प्रस्ताव लिएर केपी ओली कहाँ पुगे मिनेन्द्र रिजाल


काठमाण्डु कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीसँग टिकट मागेका छन् । पार्टीले टिकट नदिएको भन्दै रिजालले ओलीसँग टिकट मागेका हुन् ।
रिजाल मोरङ–२ बाट प्रतिनिधि सभा सदस्य मा उम्मेदवार बन्न चाहन्थे । तर, सो क्षेत्र बाट काँग्रेसले गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई उम्मेदवार बनाएपछि रिजालले ओलीको सहयोग

मागेका हुन् ।ओलीले स्पष्ट जवाफ नदिएको एमाले श्रोतले जनायो । ‘डा. मिनेन्द्र रिजाले देउवाले टिकट दिएनन, तपाईंले दिनुप-यो भनेर आउनुभएको थियो’, ओलीनिकट श्रोतले भन्यो, ‘अन्तिम समयमा मात्र प्रस्ताव आएकाले गाह्रो भएको जवाफ ओली कमरेडले दिनुभयो ।’ रिजाल सूर्य चिन्हबाटै भए पनि चुनाव लड्ने मनस्थितिमा रहेको दाबी उनले गरे ।

पार्टी महाधिवेशनमा आफूलाई सहयोग गरेको बदलामा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सुजातालाई टिकट दिएका हुन् । श्रोतका अनुसार ओली झापा जानुअघि रिजालले शनिबार उनकै निवास बालकोट पुगेर भेटेका थिए । उनले मोरङको दुई नभए ४ बाट भए पनि टिकट दिन ओलीलाई आग्रह गरेका छन् ।

मोरङ–४ मा एमालेले विनजोद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका अमनलाल मोदी उम्मेदवार छन् ।क्षेत्र नम्बर–२ मा एमालेले ऋषिकेष पोखरेललाई उम्मेदवार उठाएको छ । पोखरेल ०७४ को निर्वाचनमा डा. रिजालसँग पराजित भएका थिए ।

काँग्रेसले रिजाललाई काठमाण्डु–५ बाट उम्मेदवार बनाउने तयारी गरे पनि उनले अस्वीकार गरेका छन् । काठमाण्डु–५ मा एमालेका ईश्वर पोखरेसँगै चुनाव लड्दै आएका डा. प्रकाशशरण महत समानुपातिकामा बसेपछि काँग्रेसले उक्त क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छैन ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार