• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

माओवादीले गठबन्धन तोड्ने चेतावनी दिएपछि देउवाले निधिलाई पठाए बालकोट


काठमाडौं : गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग सम्बाद अगाडि बढाएको छ। गठबन्धको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्।बालकोटमा निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। प्रधानमन्त्री बन्ने विषयलाई लिएर गठबन्धनभित्र भइरहेको खिचातानीका विषयमा निधिले अध्यक्ष ओलीसँग ब्रिफिङ गरेको स्रोतले बताएको छ।

निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देशसमेत ओलीलाई सुनाएका थिए। उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ।

शनिबार अपरान्ह बालुवटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा छलफल भएको थियो।

गठबन्धन बैठक अगाडि माओवादी अध्यक्ष प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई प्रधानमन्त्री देउलाई भेट्न पठाएका थिए। पुनले प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए।

एमाले अध्यक्ष ओलीले पनि आज एक कार्यक्रममा प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने बताएका थिउ।

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार