• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार, देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए ।

बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारी नेताहरुले सुझाव दिएका छन् ।

यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छैन । अहिले भइरहेको देउवा प्रचण्डबीच भएको संवादले गठबन्धन रहने कि नरहने टुंगो लाग्ने बताएको छ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार