• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस ११ गते साेमवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस ११ गते, साेमवार, २६ डिसेम्बर २०२२। पौष शुक्लपक्ष तृतीया तिथि, ९ः२४ बजेदेखि चतुर्थी। श्रवण नक्षत्र। चन्द्रराशि– मकर। आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– वैनायकी श्री गणेश चतुर्थी व्रत, माओ जयन्ती, मुहूर्त : अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), द्रव्यप्रयोग, द्वारचक्र, दीक्षा ग्रहण, फणिचक्र, चुल्लीचक्र, हलचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–, १२ गते : मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), साहित्यकार भूपी जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) (द्रष्टव्य : बिहान ०७:०३ बजेसम्म भद्रा रहेको छ), १३ गते : अन्नरूपा षष्ठी व्रत (बङ्गाल), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), डेरा सर्ने, कलशचक्र, १४ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीको चातुर्यले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दैनिक कार्यमा प्रगति हुनेछ ।नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार