• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

माधव नेपाललाई एमालेमा फर्कन र सरकारमा सहभागी हुन आग्रह


माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन एमालेले औपचारिक निमन्त्रणा गरेको छ । मंगलबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा अध्यक्ष नेपाल र उपाध्यक्ष पौडेलबीच भेटवार्ताका क्रममा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । पाण्डेले भेटवार्ताबारे केही बोल्न चाहेनन् । विश्वस्त स्रोतका त्यस क्रममा नेता पौडेलले एमालेमा फर्कन समेत प्रस्ताव गरेका छन् । तर नेपालले स्पष्ट जवाफ नदिएपनि सोच्न सकिने भन्दै केही सर्त राखेको बुझिएको छ ।

‘तपाई सरकारमा पनि आउनुस्, पछि पार्टी समेत एकता गरौं, अव मिलेर अघि बढौं, पुराना कुरा बिर्सौँ’, नेपाललाई पौडेलको आग्रह छ । जवाफमा अध्यक्ष नेपालले पौडेलका दुवै प्रस्तावमा सोच्न सकिने तर स्पष्ट गन्तव्यविना अघि बढ्न नहुने बताएका छन् ।

नेपालसँगको भेटवार्तापछि पौडेल अध्यक्ष केपी शर्मा ओली भेट्न मंगलबार साँझ नै बालकोट पुगेका छन् । वालकोटले पौडेलसहित ओली र गृहमन्त्री रवि लामिछानेबीचको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको छ ।​

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार