• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सरकारमा सहभागी हुने राप्रपाको निर्णय


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शर्तसहित सरकारमा जाने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो।पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले ११ बुँदे शर्त अगाडि सारेका छन्। जसमा विकास, सुशासन, सेवाप्रवाह र जनसरोकारका विषयहरू समावेश छन्। ‘पार्टीले अघि सारेका शर्तहरूमा सहमति भएपछि मात्रै सरकारमा जान्छौं। जनसरोकारसँग समबन्धित भएकाले पार्टीले यी शर्तहरू अगाडि सारेको हो,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने।

उनले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने, सरकारको नीतिगत निर्णयहरू अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, स्वास्थ्य बिमा, कृषि कारखाना सञ्चालन गर्नुपर्ने लगायत शर्त रहेको प्रवक्ता श्रेष्ठले बताए।

यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन गरे पनि सहभागी नहुने बताएका थिए।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार