• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

चीनले खुला गर्‍यो हुम्लाको यारी नाका


काठमाडौँ — चीनले नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी हुम्लाको यारी नाका पनि खुला गरेको छ । हुम्लाको यारी हुँदै सोमबार ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएको हुम्लास्थित भन्सार कार्यालयले जनाएको छ । हुम्लाको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले नेपालतर्फ मालवस्तु भित्रिएको पुष्टि गरे ।

यता नेपालस्थित चिनियाँ दूतावासले पनि हुम्लाको नाका एकतर्फ सञ्चालनमा आएको पुष्टि गरेको छ । कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सोमबारबाट सञ्चालनमा आएको दूतावासले जनाएको हो ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार