• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस १४ गते बिहीवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस १४ गते, बिहीवार, २९ डिसेम्बर २०२२। पौष शुक्लपक्ष सप्तमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १७ः५४ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– कुम्भ, १२ः१० बजेदेखि मीन। आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, चुल्लीचक्र, हलचक्र आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते : अष्टमी व्रत, गोरखकाली पूजा, श्वेतमत्स्येन्द्रनाथ स्नान (जनबहाद्यन्हव), महाभद्राष्टमी, गुरुङहरूको नयाँ वर्ष (तमु ल्होत्सार), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिलान्यास (सामान्य), डेरा सर्ने, दीक्षा ग्रहण, कलशचक्र (द्रष्टव्य : दिउँसो १२:३० बजेसम्म भद्रा रहेको छ) १६ गते : राष्ट्रिय मेलमिलाप दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र १७ गते : साम्ब दशमी, पोल्ट्री दिवस, अन्तर्राष्ट्रिय ढाका टोपी दिवस, अङ्ग्रेजी नयाँ वर्ष, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्रव्यप्रयोग, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम खालको छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कसैले झुटो आश्वासन दिन सक्छन् । सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । राजनैतिक चिन्तन बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । अध्ययन अध्यापन पनि सफल रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार