• २०८१ असोज ५ गते शनिवार
  • Preeti To Unicode

सत्ता गठबन्धनको संयोजकमा केपी ओली


काठमाडौँ – सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा ओली रहने निर्णय भएको जानकारी दिए । ‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ ।’

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि आज पहिलोपटक सत्ता साझेदार दलककका शीर्ष नेताहरुको बैठक बसेका हो।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार