• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस १६ गते शनिवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस १६ गते शनिवार, ३१ डिसेम्बर २०२२। पौष शुक्लपक्ष नवमी तिथि। रेवती नक्षत्र, १६ः४० बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, १६ः४० बजेदेखि मेष।आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– राष्ट्रिय मेलमिलाप दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, चुल्लीचक्र, हलचक्र, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १७ गते : साम्ब दशमी, पोल्ट्री दिवस,

अन्तर्राष्ट्रिय ढाका टोपी दिवस, अङ्ग्रेजी नयाँ वर्ष, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), द्रव्यप्रयोग, कलशचक्र, १८ गते : श्री पुत्रदा एकादशी व्रत, मन्वादि, मुहूर्त : कलशचक्र (द्रष्टव्य : बिहान १०:२७ बजेपछि भद्रा रहने छ), १९ गते : कूर्म द्वादशी, मुस्याडुली, त्रिपुष्कर योग साँझ ०६:१० बजेसम्म, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मध्यम नै रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक कार्य पनि ढिलाइ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभ यात्राको योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार