• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

उत्तेजित भारतीय मिडिया, प्रचण्ड सरकारलाई चिनियाँकरण गर्न उदत्त ( भिडियो )


काठमाडौँ — संसदीय निर्वाचनपछि नवगठित सरकारको नेतृत्व कम्युनिष्ट नेतृत्वले गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारवारे भिन्न अड्कलबाजी चलेकै छ । तर छिमेकी मुलुक भारतका भारतीय सञ्चार माध्यमले गरिरहेको अशोभनिय प्रचारले सिमा नाघेको छ । नेपाल–भारत–चीन सम्बन्ध र यसको टिकाटिप्पणीवारे केहि एकाध बाहेक अधिकांश भारतीय सञ्चार माध्यमको अनर्गल र अराजक अभिव्यतिmले संधै सिमा नाघ्दै आएको छ । यी सञ्चारमाध्यमले पत्रकारितामा अपनाइने सत्य, तथ्य ,आधार त धेरै परको कुरा सामान्य शैली समेत प्रयोग गर्दैनन् । बस् मनगढन्ते आरोपलाई समाचारको रुप दिएर प्रसारण गर्ने गर्दछन् । उनीहरुको यो रवैया पुन एकपटक दोहोरिएको छ ।

तत्कालिन प्रधानमन्त्री के.पी शर्मा ओली र राजदूत होउ यान्छीका बारेमा सामान्य मर्यादा र शिष्टाचारको समेत पालना नगरी सामाग्री प्रसारण गरेर आलोचित बनेको भारतीय सञ्चार माध्यम अहिले अर्को खेति गर्न लागेका छन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र प्रचण्ड नेतृत्वको सरकारलाई चिनियाकरण गर्न लागि परेका छन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र ओलीको भूमिकामा चीनले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्न भ्याएका छन । भारतको कट्टर विरोधी र चीनको इसारामा चल्ने सरकार बनेको प्रमाणित गर्न लागेका छन ।

पुष १० गते मुलुकको ४४ औ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत लिन बाँकी नै छ । मन्त्रीमण्डलले पूर्णता पाएकै छैन । विदेश नीतिमा प्रचण्ड नेतृत्वको सरकारको नीति जस्ता विषय छलफलले प्रारम्भ नै पाएको छैन तर भारतीय सञ्चार माध्यमले सबै तय गर्न भ्याई सकेका छन् ।

२०१४ मा प्रधानमन्त्री भएपछि चिनबाट आफ्नो अन्तराष्ट्रिय भ्रमण सुरु गर्दा अत्तालिएको भारतीय मिडिया अहिले प्रचण्डले पहिले भारत भ्रमण गर्छन कि चिन भन्ने चिन्तामा छन । ओली प्रचण्डको मित्रतामा चिनको भूमिका रहेको दावी गर्ने भारतीय सञ्चार माध्यमलाई नेपालका केहि विश्लेषकहरु थप प्रोत्साहित गरिरहेका छन् ।

प्रचण्ड प्रधानमन्त्री हुन साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले नेपालको नवगठित सरकारसँग सहकार्य गर्न इच्छुक रहेको प्रतिक्रिया दिईसकेका छन् । नेपालस्थित भारतीय राजदुतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरिसकेका छन् । अमेरिकी राजदुत र चीनका कायवहाक राजदुतले पनि प्रधानमन्त्रीसँग भेट गरेका छन । जुन स्वभाविक हो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको हित अनुकुल सबै मुलुकसँग मिलेर काम गर्ने प्रतिक्रिया भारतीय सञ्चार माध्यममा दिई सकेका छन । प्रोपोगाण्डमा माहिर भारतीय सञ्चार माध्यमले प्रधानमन्त्रीको प्रतिक्रिया भन्दा आफ्नो मनगडन्ते अभिव्यतिm सहित चिनिया प्रभावलाई पुष्टि गर्न लागि परेका छन् । यी विषयले दुई मुलुकको कुटनीतिक सम्बन्धमा असर नगरे पनि आम सर्वसाधरणमा भने अस्वभविक भ्रम सृजना गरिरहेका छ ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार