• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०७९ पुस १७ गते आइतवार, यस्तो छ आजको राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य


२०७९ पुस १७ गते आइतवार, १ जनवरी २०२३। पौष शुक्लपक्ष दशमी तिथि। अश्विनी नक्षत्र, १६ः४१ बजेदेखि भरणी। चन्द्रराशि– मेष।आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : श्री पुत्रदा एकादशी व्रत, मन्वादि, मुहूर्त : कलशचक्र (द्रष्टव्य : बिहान १०:२७ बजेपछि भद्रा रहने छ) १९ गते : कूर्म द्वादशी, मुस्याडुली, त्रिपुष्कर योग साँझ ०६:१० बजेसम्म, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र,

२० गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराण श्रवण, कलशचक्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार