• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० वैशाख २९ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० वैशाख २९ गते शुक्रवार तदनुसार ई. सं. २०२३ मई १२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ , इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे, चन्द्रास्त : दिउँसो ११:२० बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:१७ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, ज्येष्ठ कृष्णपक्ष (वछलागा) सप्तमी तिथि, दिउँसो १०:४६ बजेसम्म, त्यसपछि अष्टमी तिथि, श्रवण नक्षत्र, दिउँसो ०२:५० बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि ०१:५९ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, शुक्ल योग, दिउँसो ०२:१४ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा बब करण दिउँसो १०:४९ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०९:३५ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : धूम्र, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य (दिउँसो १०:४९ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार