• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० वैशाख ३० गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० वैशाख ३० गते शनिवार तदनुसार ई. सं. २०२३ मई १३ तारिख , पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ , इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:३४ बजे , चन्द्रास्त : दिउँसो १२:२० बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:०२ बजे ,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५० बजे , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे , ज्येष्ठ कृष्णपक्ष (वछलागा) अष्टमी तिथि, बिहान ०८:१९ बजेसम्म, त्यसपछि नवमी तिथि, धनिष्ठा नक्षत्र, दिउँसो ०१:१० बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), ब्रह्म योग, दिउँसो ११:०८ बजेसम्म, त्यसपछि ऐन्द्र योग , सुरुमा कौलव करण बिहान ०८:२० बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०७:०८ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवणर् : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (बिहान ०८:२० बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन मध्यम रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर खर्च भने बढ्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला, तर शेयर बजारमा नोक्सानी हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार