• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ ३ गते बुधवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ ०३ गते बुधवार तदनुसार ई. सं. २०२३ मई १७ तारिख , पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ , इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:३६ बजे , चन्द्रास्त : दिउँसो ०४:१७ बजे र चन्द्रोदय : भोलि बिहान ०३:०२ बजे ,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे , ज्येष्ठ कृष्णपक्ष (वछलागा) त्रयोदशी तिथि, बेलुका १०:३१ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, रेवती नक्षत्र, बिहान ०८:०३ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, बिहान ०८:०३ बजेसम्म, त्यसपछि मेष राशिमा, आयुष्मान् योग, बेलुका ०९:५४ बजेसम्म, त्यसपछि सौभाग्य योग , सुरुमा गर करण दिउँसो ११:०६ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:३१ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : स्वर्गलोक) आनन्दादि योग : उत्पात, चन्द्रवणर् : पहेंलो (बिहान ०८:०३ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०८:०३ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : दक्षिण (बेलुका १०:३१ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । शिक्षामा सफलता पनि पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला, तर आर्थिक लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । सफल यात्रा पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिबाट लाभ पनि रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार