• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० ज्येष्ठ ५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ मई १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे, चन्द्रास्त : साँझ ०६:११ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन ,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:५४ बजे , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०७:१० बजे ,ज्येष्ठ कृष्णपक्ष (वछलागा) अमावस्या/औंसी तिथि, बेलुका ०९:०२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, भरिणी नक्षत्र, बिहान ०७:२९ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, दिउँसो ०१:३६ बजेसम्म, त्यसपछि बृष राशिमा, शोभन योग, साँझ ०६:३६ बजेसम्म, त्यसपछि अतिगण्ड योग , सुरुमा चतुष्पाद करण बिहान ०९:०९ बजेसम्म, त्यसपछि नाग करण बेलुका ०९:०२ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण, आनन्दादि योग : मुद्गर, चन्द्रवणर् : रातो (दिउँसो ०१:३६ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार