• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

डायनामिक लिडर ‘डायमण्ड’


इटहरी। डायनामिक लिडर ‘डायमण्ड’ हाल इटहरी ७ सुनसरी मा बहाल जनप्रतिनिधि हुन् दिपक घिमिरे । गएको स्थानीय निर्वाचन मा नेकपा एमाले को तर्फ बाट उमेद्वार रहेका दिपक घिमिरे पपुलर मत का साथ निर्वाचित वडा सदस्य हुन्। बिभिन्न आरोह अवरोहका बिच पपुलर मत ल्याएर बिजयी हुन् सफल उनलाई हराउनकै लागि केहि व्यक्ति समूह लागेको भए पनि जनता ले योग्य व्यक्ति हेरेर जिताएको उनि निकट युवा संघ इटहरी ७ का अद्यक्ष निश्चल घिमिरे बताउंछन्। दिपक घिमिरे लाई जिताउनु को पछाडी जनताको ठुलो अपेक्षा रहेको स्थानीय हरु बताउँछन।

बिभिन्न संघ संस्थामा रहेर निरन्तर समाज सेवा गर्दै आएको र समाजको लागि अझै केहि गरौँ भन्ने हुट-हुटि भएको व्यक्ति भएका कारण यो दल उ दल नभनी सबै जनताले मत दिएर जिताएको, र अपेक्षा पनि धेरै रहेको उनीहरु बताउँछन। यो त भयो चुनाब ताका र अगाडिका कुरा पहिले को भन्दा फरक चरित्र देखाउने त हाम्रो देसका धेरै जसो जनप्रतिनिधि को चिनारी नै हो भन्दा फरक नपर्ला तर यसै भिडमा दिपक घिमिरे यस्ता जनप्रतिनिधि हुन् उनि पहिले भन्दा पनि धेरै जनताको सेवामा निरन्तर समर्पित छन। पहिले भन्दा जिम्मेवारी बढेको र आफुले गरेको प्रतिवद्धता पुरा गर्न चुनौती रहेपनि आफुँ आफ्नो प्रतिवद्धता पुरा गर्न दृढ संकल्पित रहेको उनि बताउंछन्।

बिभिन्न विकास निर्माण का कार्य हरुमा अगुवाई गर्दै निरन्तर समाज सेवामा लागेको उनि, हरेक दिन जनताको घर घर गएर समस्या सुन्ने र समाधान को निम्ति लाग्ने गर्छन। भोट माग्न मात्र जनताको घर घर पुग्ने परम्परा तोड्दै चुनाब जितेको प्रतिनिधि हरेक दिन साँझ बिहान जनताको घर घर गएर समस्या सुन्ने बुझ्ने समाधान गर्ने र उनीहरु संगै गफ गफ गर्ने सुख दुख साट्ने गरेको उनि बताउछन्। कहिले उनि मुसर बस्तीमा भेटिन्छन त कहिले गरिब बिपन्न परिवार सँग। कहिले बिपन्न परिवारका बालिका सँग रमाई रहेका भेटिन्छन त कहिले बृद्ध वृद्धा हरु सँग। कार्यालयको काम बाहेक को समय उनको यसरि नै बित्ने गरेको उनि निकट स्रोत बताउँछ।

जहाँ पनि, जो संग पनि मिल्न सक्ने, सामाजिक कार्यमा अहोरात्र खटिने गरेको भन्दै यस क्षेत्रको डायनामिक लिडर ‘डायमण्ड’ भएको स्थानीय हरु बताउंछन्।
पछिल्लो समय का केहि कार्य हरु हेरौं।
जेष्ठनागरिक हरुलाई कुर्सि वितरण


इटहरि वडानं सात र आसपास रहनुहुने जेष्ठनागरिक बुबाहरुले नगरपालिकाको जेष्ठनागरिक चौतारि टाडाभएकोले जान नसक्ने भएकोले सम्पुर्ण जेष्ठनागरिक बुबाआमा हरुलाइ बस्न र केहिसमय बिताउन सहजहोस भनि ब्याक्तिगत तर्फबाट १० थान साथै महाँदेब फर्नीसिङबाट २ थानगरि जम्मा १२ थानकुर्सी बुबाहरुको उपस्थितिमा प्रदानगरियो साथै शिबपार्बती मंदिरपरिसरमा बस्ने वाताबरण मिलाइ चियापानिको लागि मासिक केहिरकम उपलब्ध प्रतिवद्धता जनाए।

बिपद ब्यबस्थापन सम्बन्धमा

आउनै लागेको बर्खा लाई लक्षित गरि कृष्णदल गण इटहरिको बिपद ब्यबस्थापन टोलिसंग बिपद ब्यबस्थापन सम्बन्धमा जानकारी लिएको र त्यसै अनुसार आफ्नो वडामा तयारी गर्ने उनले बताए।

सुकल्प टोलका स्थानीय सँग समस्या र गुनासो सुन्दै

राम नहमिको पावन अबसरमा ७ न वडा अन्तरगत हरियाली भुतबंगला टोलको बिपन्न मुसहरबस्तिमा बालबालिका साथै अभिभावक हरुसंग खुसि साट्दै वहाँहरुका गुनासा र सुझाबहरुलाइ ग्रहण गर्नेकाम गरियो ।

इटहरी वडानं नौ ले आयोजना गरेको सरसफाइ कार्यक्रम सहभागीभइ बुधबारे हटियालाइनको टेङग्रा खोला सरसफाइमा गर्दै।

Ntv 2 र वडानं ७ बिचमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल टेलिभिजन इटहरी लाई २- 0 गोल अन्तरले पछाडि पार्दै ७नं वडा इटहरी ७ ले बिजय हासिल गरेकोछ

मलङ्गबाबा मार्गको नयाँपुलबाट पिके पोल्टिफम जानेबाटोमा कालोपत्रे कार्यकोलागि बेसकोलागि काम निरिक्षण गर्दै।

माया घरमा आश्रय लिएर बसेका १२७ जना अनाथ तथा बृद्ध-बृद्दा लाई खाना
इटहरी ७ का निर्वाचित जनप्रतिनिधि, लायन्स क्लब का सक्रिय सदस्य इटहरी ७ निवासी ज्यु को जन्मदिनको अवसरमा आज इटहरी २ स्थित माया घरमा आश्रय लिएर बसेका १२७ जना अनाथ तथा बृद्ध-बृद्दा लाई आज बिहानको खान खुवाइएको छ। साथै यस माया घरमा आश्रय लिएर बसेका आश्रित हरुको औसधि उपचार खर्चको निम्मती रु ५५५५। रुपैया नगद प्रदान गरियो। उप्त कार्यक्रम मा सम्पूर्ण घिमिरे परिवार तथा लायन्स कल्ब इटहरी का अध्यक्ष बेदनाथ भेटुवाल तथा कल्ब का जिम्मेवार पदाधिकारी हरुको सहभागिता रहेको थ्यो। अन्य ठाउँमा केक काटेर वा पाटी गरेर जन्मदिन मनाउनु भन्दा त्यो खर्च यहाँ माया घरमा आश्रय लिएर बसेका आश्रित हरुको निम्ति खर्च गर्दा पून्यको काम भएको र यो पून्यको काम हामी सबैले सिक्नु पर्ने दाजु तेज घिमिरे ले बताउनु भयो।
माया घरका अध्यक्ष राधिका दासि र सचिव सुभद्रा प्याकुरेलले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौति गरेर माया घरलाई सहयोग गर्न अनुरोध गरेका छन्।
‘तपाईँहरुले माया घरलाई त्यस्तो ठूलो केहि गर्नुपर्दैन । ३६५ दिन मा एक दिन हजुरहरुको जन्मदिन पर्छ त्यो दिन माया घरलाई दिनुहोस् । माया घरमा रहेका छोरा छोरीसँग आफ्नो जन्मदिनको खुशी साटासाट गर्नुहोस्।

निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हो, आंफुले तलब सुबिधा बापत प्राप्त गर्ने पैसा समाज सेवामा लगाउनेछु :
इटहरी केहि समय अगाडी सम्पन्न स्थानीय निर्वाचन पश्चात बिजयी जनप्रतिनिधिका आ-आफनै सैली र ढंगका काम कारबाही अहिले विभिन्न मिडियामा असरल्ल आइरहे का छन्। कसैले गाली खाई रहेका छन् त कसैले प्रसंशा पाइरहेका छन। कोहि आफ्नै कारण फसी रहेका छन् त कोहि अन्जानबस। समग्रमा धेरै जनप्रतिनिधि ले आलोचना खेप्नु पर्ने एउटा कारण हो आफुले मनलाग्दी सेवा सुबिधा लिनु हो।

हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम ।
निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्– आत्मसन्तुष्टी र खुशी । उनीहरु भन्छन्– सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ ।

इटहरी ७ का जनप्रतिनिधि वडा सदस्य दिपक घिमिरे त्यसै मद्ये एक हुन्। जो बिगत देखि वर्तमान सम्म सधै समाजसेवामा लागिरहेका छन् चर्चामा आइरहन्छन। पछिल्लो समय उनको चर्चा झनै चुलिएको छ। कारण हो आफुले जनप्रतिनिधि भए वापत सरकार बाट आंफुले प्राप्त गर्ने तलब समाज सेवामा खर्च गरिरहेका छन्। यसै क्रम मा पछिलो समय शिव पार्वती प्रगतिशील महिला समूह को लागि आवस्यक साउन्ड सिस्टम खरिद गर्न रु पाँच हजार हस्तान्तरण गरियो।
साथै सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु जनै बनाउने उद्यम संचालन गरिरहेको र आवस्यक सहयोग गर्दिन गरिएको अनुरोध लाई मनन गरि उपत् समूह लाई रु पांच हजार हस्तान्तरण गरियो।

साथै सपना पासवानले संचालन गरेको हाँस / कुखुरा फर्म मा अपरिचित रोग लागि अधिकाम्स हाँस कुखुरा मरेको हुँदा पिडित सपना पासवान लाई सहयोग स्वरुप रु पाँच हजार सहयोग रकम हस्तान्तरण गरियो।
सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु जनै बनाउदै … साथमा वडा न ७ कि महिला वडा सदस्य राधा आचार्य

सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम संचालन गर्नुहुदै सुनिता शर्मा

सस्कृति पर्यटन तथा उद्पादन समूह का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम मा आफ्नो भनाइ राख्नु हुदै समाजसेवी जन प्रतिनिधि दिपक घिमिरे

सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु लाइ सहयोग गर्ने कार्यक्रम मा आफ्नो भनाइ राख्नु हुदै महिला जनप्रतिनिधि राधा आचार्य
उपत् कार्यक्रम मा इटहरी ७ कि महिला जन प्रतिनिधि राधा आचार्य युवा संग इटहरी ७ क अद्यक्ष तेज घिमिरे तथा समाज का प्रतिष्ठित व्यक्ति हरुको सहभागिता रहेको थ्यो। आगामी दिन हरुमा समेत यी र यस्तै सामाजिक कार्यमा लागि रहने प्रतिवधता जनप्रतिनिधि दिपक घिमिरे ले व्यक्त गर्नु भयो भने समाज सेवामा लागि रहन सहभागी सबैले अनुरोध गरेका थिए।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार