• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ ११ गते बिहीवार ।। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ ११ गते बिहीवार तदनुसार ई. सं. २०२३ मई २५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०७ बजे र सूर्यास्त : साँझ ०६:४० बजे, चन्द्रोदय : बिहान ०९:५३ बजे र चन्द्रास्त : बेलुका १०:०७ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०७:१३ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) षष्ठी तिथि, भोलि बिहान ०३:४१ बजेसम्म, त्यसपछि सप्तमी तिथि, पुष्य (तिष्य) नक्षत्र, साँझ ०४:५४ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, साँझ ०५:३५ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा कौलव करण दिउँसो ०२:४० बजेसम्म, त्यसपछि तैतिल करण भोलि बिहान ०३:४१ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : शुभ, चन्द्रवणर् : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : सूर्योदयपूर्व ०१:०५ बजेदेखि मध्यरात्रीपछि ०२:११ बजेसम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । वैदेशिक काम भने राम्रै होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । आफन्तसँग भेटघाट पनि रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार