• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : २०८० ज्येष्ठ १३ गते शनिवार ।। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ १३ गते शनिवार तदनुसार ई. सं. २०२३ मई २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, चन्द्रोदय : दिउँसो ११:३३ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:२६ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०७:१४ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) सप्तमी तिथि, बिहान ०५:४६ बजेसम्म, त्यसपछि अष्टमी तिथि, मघा नक्षत्र, बेलुका १०:०७ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, साँझ ०६:५४ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा वणिज करण बिहान ०५:४६ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण साँझ ०६:४२ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : पद्म, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य (बिहान ०५:४६ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रै लाभ मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सेवा भाव बढ्ने योग छ । आज नयाँ कमको थालनी हुनेछ । शेयर बजार र घर जग्गामा गरेको लगानीले बिस्तारै लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार