• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० ज्येष्ठ २० गते शनिवार ।। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० ज्येष्ठ २० गते शनिवार तदनुसार ई. सं. २०२३ जुन ०३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, चन्द्रोदय : साँझ ०५:४६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:१८ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:१७ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) चतुर्दशी तिथि, दिउँसो १०:३० बजेसम्म, त्यसपछि पूणर्िमा तिथि, विशाखा नक्षत्र, बिहान ०५:५१ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शिव योग, दिउँसो ०३:०० बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा वणिज करण दिउँसो १०:३० बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण बेलुका ०९:५४ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : शुभ, चन्द्रवणर् : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम (दिउँसो १०:३० बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको योग बनेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्ममा रुचि बढ्ने छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सेवा गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार