• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल ज्येष्ठ ३१ गते बुधवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


Subash Ghimire

वि.सं. २०८० ज्येष्ठ ३१ गते बुधवार तदनुसार ई. सं. २०२३ जुन १४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे , चन्द्रास्त : दिउँसो ०३:०५ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०१ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५८ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:२२ बजे , आषाढ कृष्णपक्ष (तछलागा) एकादशी तिथि, बिहान १०:२१ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्विनी नक्षत्र, दिउँसो ०३:३० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), शोभन योग, बिहान ०६:४२ बजेसम्म, त्यसपछि अतिगण्ड योग भोलि बिहान ०४:४९ बजेसम्म, अन्तिममा सुकर्मा योग (योग टुटेको दिन) , सुरुमा बालब करण बिहान १०:२१ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०९:४८ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मृत्यु, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय (बिहान १०:२१ बजेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मसंस्कृतिका सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रका कामहरू अधुरै रहनसक्छ । स्वास्थ्य प्रति सजग रहन बढी जरूरी छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार