• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० आषाढ ४ गते सोमवार। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ ०४ गते सोमवार तदनुसार ई. सं. २०२३ जुन १९ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रोदय : बिहान ०५:५५ बजे र चन्द्रास्त : साँझ ०७:१४ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे,पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०७:२३ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) प्रतिपदा/परेवा तिथि, बिहान १०:०५ बजेसम्म, त्यसपछि द्वितीया तिथि, आर्द्रा नक्षत्र, बेलुका ०७:३१ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, मध्यरात्रीपछि ०१:११ बजेसम्म, त्यसपछि ध्रुव योग, सुरुमा बब करण बिहान १०:०५ बजेसम्म,आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०५ गते : श्रीजगन्नाथ रथयात्रा, त्रिपुष्कर योग दिउसो ११:३१ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), विश्व शरणार्थी दिवस, ०६ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ, मुहूर्त : अन्नप्राशन (पास्नी), डेरा सर्ने, ०७ गते : भूमिरज, मुहूर्त : शुभ विवाह

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राजनैतिक कार्यमा बाधा आउनसक्छ । घाँटीमा समस्या आउला, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनसक्छ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

#राशिफल #पाथिभरा

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार