• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

समाजवादी मोर्चाको घोषणासभा आज सोमबार अपरान्ह ४ बजे। झलनाथ खनाल द्वारा घोषणासभा बहिष्कार


का
ठमाडौं
। समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणासभा आज सोमबार अपरान्ह ४ बजे राखिएको छ ।

त्यसअघि प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिन चार दलका नेताहरुको बैठक बसेको थियो ।बसेको बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो हो भनेर प्रश्न गरेका थिए । नेताहरुले अहिले मोर्चाको उद्देश्यहरु तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए ।

तर खनालले प्रधान सुत्र नतोकी मोर्चामा नबस्ने बताए । ‘म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिड्नु भएको हो’, बैठकमा उपस्थित एक नेताले सुनाए ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार