• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

नागरिकता पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, दर्शनमा सहभागी एक युवा बेहोस


काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको छ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

मंगलबार भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन्।

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस
नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् ।नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो ।निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग पनि गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार