• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० आषाढ ८ गते शुक्रवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ ०८ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुन २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रोदय : बिहान ०९:२२ बजे र चन्द्रास्त : बेलुका ०९:४९ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:२४ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) पञ्चमी तिथि, साँझ ०५:११ बजेसम्म, त्यसपछि षष्ठी तिथि, मघा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वज्र योग, भोलि बिहान ०३:२२ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा बालब करण साँझ ०५:११ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०६:१० बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : काण, चन्द्रवणर् : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण (साँझ ०५:११ बजेसम्म)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ०९ गते : शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), १० गते : रविसप्तमी, देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्यपूजा, भूमीपूजा, त्रिपुष्कर योग बिहान ७:४४ बजेदेखि राति २०:४३ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), ११ गते : अष्टमीव्रत, गोरखकालीपूजा, सुतारकार्कीहरुको कुलोद्वारपूजा, लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ र शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभ समाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायबाट लाभ नै मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार पनि आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज गर्न खोजेको जुनसुकै कार्यमा बाधा, मनमा दुबिधा र यात्रामा बिघ्नबाधा समेत आउनसक्छ, तर बाधा परे पनि निराश र हतास नहुनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार