• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०८० आषाढ ९ गते शनिवार। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ ०९ गते शनिवार तदनुसार ई. सं. २०२३ जुन २४ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रोदय : दिउँसो १०:१३ बजे र चन्द्रास्त : बेलुका १०:२८ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:२९ बजे र सूर्यास्त : साँझ ०७:२४ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) षष्ठी तिथि, साँझ ०७:०६ बजेसम्म, त्यसपछि सप्तमी तिथि, मघा नक्षत्र, बिहान ०५:२२ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, भोलि बिहान ०३:५५ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा कौलव करण बिहान ०६:१२ बजेसम्म,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १० गते : रविसप्तमी, देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्यपूजा, भूमीपूजा, त्रिपुष्कर योग बिहान ७:४४ बजेदेखि राति २०:४३ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक),११ गते : अष्टमीव्रत, गोरखकालीपूजा, सुतारकार्कीहरुको कुलोद्वारपूजा, लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), १२ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा वृद्धि होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजीबजार या शेयर बजारको लगानीले धन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । पेट सम्बन्धी समस्या आउला । शेयर बजारको लगानीले पनि साथ नदेला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्य सम्पादनमा समस्या आउला । सरकारी निकायको भय रहनेछ । मनमा शङ्का र अविश्वास उत्पन्न हुनेछ, तर आर्थिक लाभ भने हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुचि बढ्नेछ । उपहारको सम्भावना पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार