• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : २०८० आषाढ १६ गते शनिवार। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ १६ गते शनिवार तदनुसार ई. सं. २०२३ जुलाई ०१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०८ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रोदय : साँझ ०४:३३ बजे र चन्द्रास्त : भोलि बिहान ०३:१८ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०७:२५ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) त्रयोदशी तिथि, बेलुका ०८:५२ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०१:२१ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), शुभ योग, बेलुका १०:०३ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा कौलव करण बिहान ०९:३६ बजेसम्म,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १७ गते : खेलकुद पत्रकार दिवस, शहीद दशरथचन्द जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), १८ गते : पूणर्िमाव्रत, गुरुपूणर्िमा, गुरुपूजा, व्यासजयन्ती, मन्वादी, दक्षिणमूर्तिपूजा, मानसव्रतारम्भ, भक्तपूरमा वीरनदीस्नान (दिल्लापून्हि, साहित्यकार हरिभक्त कटुवाल जन्मजयन्ती, १९ गते : त्रिपुष्कर योग दिउसो १५:१५ बजेपछि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घर परिवारसँग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिए पनि मनमा उत्पन्न दुबिधा उत्पन्न हुन सक्छ । अवसरवादीहरूले काम बिगार्न सक्छन्, तर सफल यात्राको योग बनेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान्यजन सँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । अर्थमूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा वृद्धि होला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार