• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले साे निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

ललिता निवासमा काठमाडौँ महानगर प्रहरीको टोली (तस्बिरहरु)
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासमा काठमाडौँ महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको हो । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताएका छन् ।

त्यहाँभित्र रहेको अस्थायी संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको पाण्डेले बताए । निवास परिसरमा निर्माणाधीन राष्ट्र बैंक भवनका सामानहरु राखिएको छ । महनगर प्रहरीले त्यहाँ कार्यरत कामदारहरुलाई समेत हटाउन अल्टिमेटम दिएको हो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार