• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० साल आषाढ २१ गते बिहीवार। श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आषाढ २१ गते बिहीवार तदनुसार ई. सं. २०२३ जुलाई ०६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रास्त : बिहान ०७:४७ बजे र चन्द्रोदय : बेलुका ०८:४९ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०७:२५ बजे, श्रावण कृष्णपक्ष (अनलागा) तृतीया तिथि, दिउँसो १०:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, श्रवण नक्षत्र, बिहान ०७:१३ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, साँझ ०६:२२ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, विष्कुम्भ योग, बिहान ०८:३१ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा विष्टि/भद्रा करण दिउँसो १०:३० बजेसम्म, त्यसपछि बब करण बेलुका ०९:१५ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : ध्वज, चन्द्रवणर् : कालो (साँझ ०६:२२ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : दक्षिण (साँझ ०६:२२ बजेसम्म)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २२ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २३ गते : वितक कथा प्रारम्भ – कृष्ण प्रणामीहरूका निमित्त, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २४ गते : रविसप्तमी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ, तर आफन्तको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । अरुको हितका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले फाइदा होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार